Market Closed

कुमारी बैंकको कात्तिक १६ मा एजीएम बस्ने, बुक क्लोज मिति पनि तय

12 Oct,2021
  • agm_new_5_9_2019_10_07_44_10_12_2021_4_13_50.png
नेपाली पैसा

काठमाडौं  :  कुमारी बैंकले ८.६७% लाभांश अनुमोदन गर्न कात्तिक १६ गते २१ औं वार्षिक साधारण सभा डाकेको छ । सभा बैंकको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ६% बोनस सेयर र २.६७% नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । 
 
सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक ८ गते बुक क्लोज गर्ने भएको छ । 
 
कात्तिक ७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् । कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।
 

Post Your Comment