Market Closed

कालिका लघुवित्तको १०% बोनस सेयर दिने घोषणा

05 Mar,2021
  • Bonus_2_20_2017_5_46_54.jpg
नेपाली पैसा
 
काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्थाले १०% बोनस सेयर दिने भएको छ । कम्पनीले बिहीबार सञ्चालक समितिको बैठक बसी १०% बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी भने कुनै पनि निर्णय गरेको छैन । तसर्थ, बोनसमा लाग्ने कर तिर्ने झन्झट भने सेयरधनी आफैले व्यहोर्नुपर्नेछ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।



Post Your Comment