Market Closed

कालिका लघुवित्तको दुई आर्थिक वर्षको एजीएम आज, लाभांश वितरण मुख्य एजेन्डा

20 Apr,2021
  • agm_n_12_5_2019_10_34_43_2_15_2021_4_57_49_3_25_2021_9_52_42_(1)_4_20_2021_9_42_41.jpg
नेपाली पैसा

काठमाडौं  : कालिका लघुवित्त वित्तीय संस्थाको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज (वैशाख ७ गते) बस्दैछ । सभा होटल टास्क इन्टरनेशनल प्रा.लि पोखरामा बिहान ८ बजेदेखि सुरु भएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गरेको छ । 
 
 यसर्थ, कम्पनीले २ करोड ५२ लाख ३३ हजार रुपैयाँ बराबरको रकम बोनस सेयरमा खर्च गर्नेछ । बोनस सेयर वितरणपछि संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, सेयर स्वामित्व परिमार्जन गरि संस्थापक समूहको ५४.५२% र सर्वसाधारण समूहको ४५.४८% पुर्याउने एजेन्डा पनि छ । 
 
अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभा प्रयोजनको लागि संस्थाले चैत २२ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । तसर्थ, चैत २१ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
 

Post Your Comment