Market Closed

कालिका लघुवित्तको १३% बोनस सेयर दिने घोषणा

25 Nov,2021
  • Bonus_2_20_2017_5_46_54_11_25_2021_10_30_34.jpg
नेपाली पैसा

काठमाडौं  : कालिका लघुवित्त वित्तीय संस्थाले १३% बोनस सेयर दिने भएको छ । कम्पनीले बुधबार सञ्चालक समितिको बैठक बसी १३% बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी भने कुनै पनि निर्णय गरेको छैन । तसर्थ, बोनसमा लाग्ने कर तिर्ने झन्झट भने सेयरधनी आफैले व्यहोर्नुपर्नेछ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।  गत वर्ष यसले १०% बोनस सेयर वितरण गरेको थियो । 

Post Your Comment