Market Closed

कालिका पावरले कति कमायो नाफा ?

14 May,2021
  • profit_gns_6_22_2020_9_01_03.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिका पावरले ६ करोड २१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा ३४.२७% ले बढी हो । अघिल्लो वर्ष कम्पनीले ४ करोड ६२ लाख ५३ हजार रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ ।

यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ४.६७% ले बढेर १४ करोड ५६ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट १३ करोड ९१ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको थियो । यता, गत वर्ष २ लाख ७६ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष १ लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ ।  

चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८१ पैसा छ । चुक्ता पुँजी ६० करोड रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ४८ लाख ८५ हजार रुपैयाँ रहेको छ । 
 

Post Your Comment