Market Closed

कामना सेवाको कात्तिक २३ मा एजीएम, बुक क्लोज कहिले ?

13 Oct,2021
  • agm_new_1_2_2020_10_56_26_10_13_2021_11_32_42.png
नेपाली पैसा

काठमाडौं  : कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारण सभा कात्तिक २३ गते हुने भएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९७% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
 
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
 
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १० गते बुक क्लोज गर्दैछ । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
 

Post Your Comment