नेपाली पैसा
काठमाडौं : लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई वटै म्युचुअल फन्डको जेठ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । जसमा
लक्ष्मी इक्विटी फन्डको जेठ मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १ रुपैयाँ ०४ पैसाले घटेर १० रुपैयाँ ४६ पैसा कायम भएको छ । वैशाखमा यसको न्याभ ११ रुपैयाँ ५० पैसा थियो । सूचीकृत कम्पनीको सेयरमा लगानी रकम पनि ९४ करोड ४० लाख रुपैयाँबाट घटेर वैशाख मसान्तमा ८० करोड १५ लाख रुपैयाँमा झरेको छ ।
यस फन्डले मुद्दति निक्षेपमा १७ करोड ५० लाख रुपैयाँ राखेको छ । यसको बैंक मौज्दात (सामान्य बचत) भने थोरैले बढेर २६ करोड ७४ लाख रुपैयाँ कायम भएको छ । वैशाखमा यसको बैंक मौज्दातमा २६ करोड १२ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा फन्डले ८९ वटा सूचीकृत कम्पनीको ३३ लाख ७७ हजार भन्दा बढी कित्ता सेयर होल्ड गरेको छ । जेठ मसान्तसम्म इक्विटी फन्डको कुल आय ६६ लाख १ हजार रुपैयाँ छ ।
यता,
लक्ष्मी उन्नति कोषको न्याभ पनि जेठ मसान्तमा ९८ पैसाले घटेर १० रुपैयाँ ४९ पैसा कायम भएको छ । वैशाखमा यसको न्याभ ११ रुपैयाँ ४७ पैसा रहेको थियो । सूचीकृत सेयरमा लगानी पनि ४३ करोड ९२ लाख रुपैयाँबाट घटेर ३५ करोड ६४ लाख रुपैयाँ कायम भएको छ । उन्नति कोषको मुद्दति निक्षेपमा ७ करोड रुपैयाँ छ । बैंक मौज्दात भने १८ करोड ९६ लाख रुपैयाँबाट बढेर १९ करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।
उन्नति कोषले विभिन्न म्युचुअल फन्डसहित कुल ६१ वटा सूचीकृत सेयरमा १८ लाख ५७ हजार बढी कित्ता सेयर होल्ड गरेको छ । जेठ मसान्तसम्म कुल आय २ करोड ७० लाख रुपैयाँ रहेको छ । अघिल्लो महिना कुल आय ९ करोड १० लाख रुपैयाँ थियो ।