Market Closed

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने, यस्तो छ स्वाप रेसियो

11 Jun,2021
  • acquire_5_11_2020_5_09_24_1_7_2021_9_15_28_(1)_5_26_2021_9_18_25_6_11_2021_9_09_55.jpg
नेपाली पैसा

काठमाडौं  : नेपाल फाइनान्स र ललितपुर फाइनान्सको विशेष साधारण सभा आज (जेठ २८ गते) बस्दैछ । सभामा नेपाल फाइनान्सले ललितपुरलाई एक्वायर गर्ने एजेन्डा पेश हुँदैछ । साथै, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १ः१ सेयर स्वाप रेसियोलाई पारित गरी एक्विजिसन सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ ।
 
यसआधारमा, हाल ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने लगानीकर्ताले एक्विजिसनपछि नेपाल फाइनान्सको १ नै कित्ता सेयर पाउनेछन् । सभाले एक्विजिसन सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । एक्वायरपछि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । 
 
नेपाल फाइनान्सको विशेष सभा संस्थाको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । यस्तै, ललितपुर फाइनान्सको सभा पनि केन्द्रीय कार्यालय लगनखेल, ललितपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । यी दुवै संस्थाले गत पुस २३ गते एक्विजिसन सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
 

Post Your Comment