Market Closed

लुम्बिनी जनरलको एजीएम आज, १०% लाभांश वितरण मुख्य एजेन्डा

11 Jun,2021
  • lumbini-general_5_13_2018_1_00_29_2_26_2020_10_04_39_5_17_2021_12_04_05_6_11_2021_9_39_10.jpg
नेपाली पैसा 

काठमाडौं : लुम्बिनी जनरल इन्सुरेन्सको साधारण सभा आज (जेठ २८ गते) बस्दैछ । सभा भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे सुरु हुनेछ । सभामा १०% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५% बोनस सेयर र ५% कर प्रयोजन सहित नगद लाभांश वितरण गर्न लागेको हो । 
 
यसर्थ, कम्पनीले ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, सोही रकम नगदमा खर्च हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पुग्नेछ । सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।
 
आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि लुम्बिनीले जेठ १४ गते बुक क्लोज गरिसकेको छ । जेठ १३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
 

Post Your Comment