Market Closed

एलआइसी नेपालको बोनस सेयर डिम्याट खातामा जम्मा

11 Jun,2021
  • Bonus_3_2_2017_1_28_19_6_11_2021_12_11_13.jpg
नेपाली पैसा 

काठमाडौं  : एलआइसी नेपालले १०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन ६ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।
 
एलआइसीको फागुन २५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

Post Your Comment