Market Closed

महिला लघुवित्तको लाभांश संशोधन, अब कति ?

22 Oct,2021
  • Dividends_12_28_2017_11_50_38_12_11_2019_3_08_54_3_5_2021_11_29_15_3_7_2021_11_25_32_10_22_2021_11_42_45.jpg
नेपाली पैसा

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्थाको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । कम्पनीको आज (कात्तिक ५ गते) बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट ४७.५% बोनस सेयर र कर प्रयोजनको लागि २.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसअघि कम्पनीले ४५% बोनस सेयर ५% नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । अब कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । 
 
यस्तै, २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । यस लघुवित्तले गत वर्ष मात्र आइपीओ जारी गरेको हो । यस कम्पनीले गत फागुनमा आइपीओ जारी गरेको थियो । आइपीओपछि पहिलोपटक लाभांश घोषणा गरेको हो ।
 

Post Your Comment