Market Closed

भोटेकोशीको आइपीओ बाँडफाँट, सञ्चयकर्ता र कर्मचारीलाई कति कित्ता हात पर्यो ?

19 Dec,2018
  • 2_12_19_2018_4_51_36.jpg
नेपाली पैसा
 
काठमाडौं : मध्य भोटेकोशीको आइपीओ बाँडफाँट भएको छ । पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि खुला गरिएको १ लाख १७ हजार कित्ता सेयर रितपूर्वक आवेदन दिने १ लाख ३९ हजार ७७८ जना सञ्चयकर्तालाई बाँडफाँट गरिएको छ । यसमा ५० देखि ९० कित्तासम्म आवेदन दिने सबै २४ हजार ८६६ जनालाई माग अनुसार नै सेयर दिइएको छ । 
 
यस्तै, १०० देखि ५०० कित्तासम्म आवेदन दिएका १ लाख १४ हजार ९१२ जनाले ९० कित्ताको दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ४५ हजार ४३० कित्ता सेयर भने १०० देखि ५०० कित्ता माग गर्नेमध्ये गोलाप्रथाबाट छनोट भएका ४ हजार ५४३ जनालाई १० कित्ताको दरले थप गरिएको छ ।
 
यता, दोस्रो चरण संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई खुला गरिएको २१ लाख कित्ता सेयर रितपूर्वक आवेदन दिएका ८ हजार ४३९ जनालाई बाँडफाँट गरिएको छ । यसमा ५० देखि २५० कित्तासम्म माग गर्ने सबै ५७३ जना आवेदनकलाई माग अनुसार नै सेयर दिइएको छ ।
 
यसैगरी, २६० देखि ५०० कित्तासम्म माग गर्ने ७ हजार ८६६ जना आवेदकलाई भने २५० कित्ताका दरले सेयर दिइएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहने १७ हजार १२० कित्ता सयर भने २६० देखि ५०० कित्तासम्मका लागि आवेदन दिएका मध्ये गोलाप्रथाबाट छनोट भएका १ हजार ७१२ जनालाई १० कित्ताका दरले थप गरिएको छ ।
 
यता, सञ्चयकोषका कर्मचारीलाई खुला गरिएको ६ लाख कित्ता सेयर भने कुल ६१२ जनालाई सञ्चयकोषको बाँडफाँट तालिका बमोजिम बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । 

Post Your Comment