Market Closed

मध्ये भोटेकोशीको १ अर्ब ५० करोडको आइपीओ आउने, रेटिङ सम्पन्न

13 Oct,2019
  • IPO_initial_p_2_10_13_2019_12_19_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : मध्ये भोटेकोशी जलविद्युतले १ अर्ब ५० करोड रुपैयाँ बराबर आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यस आधारमा मध्ये भोटेकोशीले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । कम्पनीले १०० रुपैयाँ दरको १ करोड ५० लाख कित्ता सेयर जारी गर्नेछ ।

रेटिङ सम्पन्न गरे पनि कम्पनीले आइपीओ निष्कासनका लागि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । बोर्डमा आवेदन दिएर स्वीकृत भएपछि आइपीओ बिक्री खुला प्रक्रिया सुरु हुनेछ । कम्पनीले यसअघि २ चरण गरी कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका, सञ्चय कोषका कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुलाई सेयर बिक्री खुला गरेको थियो ।

यसरी बिक्री गरिएको सेयर बाँडफाँट समेत भइसकेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ लाख १७ हजार कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता र सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता निष्कासन गरिएको हो । 
 
मध्ये भोटेकोशी जलविद्युत सन् २०१० मा स्थापना भएको कम्पनी हो । यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावटको मध्ये भोटेकोशी आयेजना निर्माण गरिरहेको छ । यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब पुग्ने छ । यस्तै, सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ । यस परियोजनाको प्रतिमेगावट लागत १६ करोड ७० लाख रहेको छ ।
 

Post Your Comment