Market Closed

मध्य भोटेकोशीको आइपीओमा कति पर्यो आवेदन ?

11 Oct,2021
  • IPO_4__7_5_2021_7_40_44_8_8_2021_8_51_47_8_16_2021_8_57_55_9_29_2021_5_16_55_9_30_2021_5_08_16_10_11_2021_6_39_17.jpg
नेपाली पैसा  

काठमाडौं  : मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार साँझ सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ अर्ब ४३ करोड ६० लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४.१९ गुणा बढी हो । आज यो आइपीओमा आवेदन दिने अन्तिम दिन हो । 
 
कम्पनीले असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । 
 
रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउछ । केयरले २०७७ मंसिर १८ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद आगामी मंसिर १७ गते सकिनेछ ।
 

Post Your Comment