Market Closed

मेगा क्यापिटलको एजीएम आज, २४.५% नगद लाभांश पारित हुने

02 Dec,2022
  • agm_n_11_10_2020_11_23_00_9_19_2021_10_00_45_10_23_2022_7_49_41_11_10_2022_11_06_44_12_2_2022_11_31_49.jpeg
नेपाली पैसा

काठमाडौं : मेगा क्यापिटल मार्केट लिमिटेडको वार्षिक साधारण सभा आज शुक्रबार (मंसिर १६ गते ) बस्दैछ । सभा फेयरफिल्ड बाई म्यारिओट, त्रिदेवी मार्ग, काठमाडौंमा दिउँसो ३.३० बजेबाट सुरु हुनेछ । सभामा क्यापिटलले २४.५% नगद लाभांश (कर सहित) दिने प्रस्ताव पेश गर्नेछ । जसअनुसार कम्पनीले ४ करोड ९० रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । 
 
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साथै, सभाले अन्य कुनै मर्चेन्ट बैंकसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
 

Post Your Comment