Market Closed

मितेरी डेभलपमेन्ट बैंकको नाफामा वृद्धि

05 Aug,2022
  • Miteri-development-ba_5_25_2018_11_53_33_2_2_2021_9_11_30_6_20_2022_12_20_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५.५१% ले धेरै हो । अघिल्लो वर्ष बैंकले १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा यसको खुद ब्याज आम्दानी १४.२०% र सञ्चालन नाफा ५.३१% ले बढेको छ । यद्यपि, यसको इम्पेरमेन्ट चार्ज पनि बढेको हुनाले पनि नाफामा केही प्रभाव परेको छ । 
 
यसअवधिमा बैंकको वितरण योग्य नाफा भने १२.६७% ले घटेर १० करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः ११.३४% र ७.६०% ले बढेको छ । यसको खराब कर्जा सामान्य वृद्धि भएको छ । मितेरीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २६ पैसाले घटेर १७ रुपैयाँ ०१ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३१ पैसा छ । कम्पनीको कस्ट अफ फन्ड भने बढेको छ । 

Post Your Comment