Market Closed

मेगा बैंकले पुस ७ गते बोलायो एजीएम, यस्ता छन् एजेन्डा

01 Dec,2022
  • Mega-bank-nepal_8_14_2019_8_19_13_1_28_2021_2_38_14_11_17_2021_11_51_49_11_29_2022_5_41_10.jpg
नेपाली पैसा
 
काठमाडौं : मेगा बैंकले पुस ७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४% बोनस सेयर र ३.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, सभाबाट नेपाल इन्भेष्टमेन्ट बैंकसँग १००ः९० सेयर स्वाप रेसियोमा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ । साथै, दुई बैंकबीच मर्जरका लागि भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने एजेन्डा रहेको छ ।
 
साधारण सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि मांसिर २३ गते बुक क्लो हुने बैंकले जानकारी गराएको छ । तसर्थ, मंसिर २२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Post Your Comment