Market Closed

मिथिला लघुवित्तले यस्तो निकाल्यो चौथो त्रैमासको वित्तीय विवरण

11 Aug,2022
  • profit_img_2_8_2019_11_56_43_8_11_2022_7_57_44.jpg
नेपाली पैसा

काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमासमा मिथिला लघुवित्तको खुद नाफा २.६७% ले बढेर ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ६१ लख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी ०.०७% ले घटेर ११ करोड ९९ लाख रुपैयाँमा झरेको छ । अघिलो वर्ष यसले १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 
 
यसको सञ्चालन नाफा पनि ७.१८% ले घटेर ७ करोड ६९ लाखमा झरेको छ । अघिल्लो वर्ष यसले ८ करोड २८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३ पैसले घटेर ३३ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ २७ पैसा छ ।

Post Your Comment