Market Closed

मल्टीपर्पस फाइनान्सले ३५% हकप्रद बिक्री गर्न माग्यो अनुमति, अब कति पुग्छ चुक्ता पुँजी ?

19 Mar,2023
  • maltipurpose_date_exchange_8_11_2019_8_34_54_11_2_2021_10_08_11_3_19_2023_12_48_16.jpg
नेपाली पैसा 

काठमाडौं : मल्टीपर्पस फाइनान्सले ३५% हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.३५ अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment