Market Closed

मोरङ सुगर मिल्सले चैत २७ गते बोलायो एजीएम, यस्ता छन् प्रमुख एजेन्डा

19 Mar,2023
  • AGM__3_16_2023_9_52_29_3_17_2023_1_00_21_3_19_2023_10_13_31.jpg
नेपाली पैसा

काठमाडौं : मोरङ सुगर मिल्सले ५४ औं साधारण सभा चैत २७ गते बोलाएको छ । सभा बीग होटल विराटनगरमा बिहान ११ बजे बस्नेछ । सभामा सञ्चालक समीतिको वार्षिक प्रतिवेदनमा छलफल गर्ने एजेन्डा पनि छ । यसैगरी, आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षक प्रतिवेदन सहित नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतमा छलफल गरी पारित गर्ने एजेन्डा राखिएका छन् ।
 
साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि मोरङ सुगर मिल्सले चैत १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्नेछ । यसर्थ, चैत १२ गतेसम्म कायम सेयरधनीले सभामा भाग दिन सक्नेछन् ।
 

Post Your Comment