Market Closed

मनकामना स्मार्ट लघुवित्तलाई आइपीओ ल्याउन धितोपत्र बोर्डको अनुमति

22 Jun,2021
  • IPOsss1_2_17_2021_7_43_02.jpg
नेपाली पैसा

काठमाडौं  : मनकामना स्मार्ट लघुवित्तलाई ३ करोड ८९ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । यस लघुवित्तले १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । अब यस कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यस आइपीओलाई इक्रा नेपालले आइआर ‘बीबी’ माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।
 

Post Your Comment