Market Closed

मानुषी लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

26 Sep,2021
  • download_8_13_2021_8_03_48.jpg
नेपाली पैसा

काठमाडौं : मानुषी लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । आइतबार असोज १० गते कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबार (ओपनिङ रेन्ज ) प्रतिसेयर न्यूनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्म दिएको छ । 

नेप्सेले लघुवित्तको कारोबार संकेत एमएलबीएस प्रदान गरेको छ । यहि संकेतमा सोमबारदेखि मानुषीको सेयर दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको आइपीओ जरी भएको १ महिनापछि नेप्सेमा सूचीकृत भएको हो ।  लघुवित्तले साउन २७ देखि साउन ३१ गतेसम्म आइपीओ जारी गरेको थियो । भने, भदौ ७ गते आइपीओ बाँडफाँट गरेको थियो ।
 

Post Your Comment