Market Closed

वाणिज्य बैंकहरुले बढाएनन् निक्षेपको ब्याजदर

14 Jan,2022
  • interest_ratejpg_12_15_2021_9_04_02.jpg
नेपाली पैसा

काठमाडौं : माघ महिनाको लागि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको सहमति अनुसार नै पुस महिनाको ब्याजदरलाई नै माघ पनि निरन्तरता दिइएको हो । यसअघि पुस महिनामा पनि बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका थिए । सोहीअनुसार अहिले बैंकहरुले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक तथा वित्तीय संस्थाले माघका लागि पनि मंसिरकै ब्याजदर प्रकाशन गर्ने सहमति भएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ । सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले माघका लागि आज शुक्रबार ब्याजदर प्रकाशन गरेका छन् ।

मंसिर महिनामा अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दतिमा १०.०५% दिने जनाएका थिए । सोही ब्याजदर माघ महिनामा पनि कायम भएको छ । सबैभन्दा कम ब्याजदर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसले माघ महिनामा पनि मुद्दति निक्षेपमा ९.५०% ब्याजदर दिने जनाएको छ । 
 

Post Your Comment