Market Closed

नेप्सेमा नेपाल बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङको १ करोड ४५ लाख कित्ता सेयर सूचीकृत

08 Apr,2021
  • share_listing_2_2_2020_5_22_35_2_25_2021_4_38_31_3_29_2021_5_19_57_4_5_2021_4_41_47_4_8_2021_4_25_12.jpg
नेपाली पैसा

काठमाडौं  : नेपाल स्टक एक्सचेन्जमा बिहीबार २ कम्पनीको १ करोड ४५ लाख २४ हजार १४८.२४ कित्ता सेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा नेपाल बैंकको १ करोड ३५ लाख ३९ हजार ३८४.२४ कित्ता (१२%) बोनस सेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद सेयर रहेको छ । यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको ६ लाख ४० हजार कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ८% बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा भएको हो । 
 

Post Your Comment