नेपाली पैसा
काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको खुद नाफा १०.२९% ले बढेर ३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । आघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा भने घटेको छ । वितरणयोग्य नाफा ५५.७७% ले घटेर १ अर्ब ५४ करोड रुपैयाँमा झरेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसको वितरणयोग्य नाफा ३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो । यसको खुद ब्याज आम्दानी ७.९३% ले बढ्दा सञ्चालन नाफा भने ५.४४% ले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५९ पैसाले घटेर २२ रुपैयाँ ६७ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ४२ पैसा छ ।