Market Closed

नबिल इक्विटी फन्डको सेयर बजारमा कति छ लगानी ?

24 Oct,2020
  • mutual-fund-tree_1_29_2018_10_45_34.png
नेपाली पैसा

काठमाडौं : असोज मसान्तसम्म आइपुग्दा नबिल इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । १ महिनाको अवधिमा न्याभ ०२ पैसाले घटेर १० रुपैयाँ ९४ पैसामा आएको छ । भदौ मसान्तमा यसको न्याभ १० रुपैयाँ ९६ पैसा रहेको थियो । असोज मसान्त सम्ममा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि घटेको छ । सूचीकृत कम्पनीहरुको सेयरमा लगानी ८२ लाख २६ हजार रुपैयाँले घटेर ७४ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । भदौमा यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ७५ करोड २१ लख ६१ हजार रुपैयाँ लगानी गरेको थियो ।
 
यस फन्डले अहिले ६० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नागरिक लगानी कोषको सेयरमा छ । कोषको १५ हजार १ कित्ता सेयरमा ५ करोड १९ लाख ७८ हजार रुपैयाँ लगानी देखिन्छ । भदौमा ३६ करोड २७ लाख १ हजार रुपैयाँ रहेको बैंक मौज्दात असोजमा ४२ करोड ६२ लाख १० हजार रुपैयाँमा आएको छ ।
 

Post Your Comment