Market Closed

सबै वाणिज्य बैंकहरुमा ‘गोएमएल’ प्रणाली लागू

17 Jan,2020
  • nepal-rasta-bank_1_17_2020_12_26_45.jpg
नेपाली पैसा
 
काठमाडौं : वाणिज्य बैंकहरुले ‘गोएमएल’ प्रणाली लागू गरेका छन् । सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले माघ १ गतेबाट ‘गोएमएल’ सफ्टवेयर प्रणाली लागू गरेका हुन् । राष्ट्र बैंकको निर्देशनमा सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै वाणिज्य बैंकहरुले गोएमएल सफ्टवेयर लागू गरेको केन्द्रीय बैंकले जानकारी गराएको छ ।

यो प्रणाली लागू भएपछि बैंकमा १ लाख रुपैयाँ भन्दा बढी नगद र चेक जम्मा गर्न ३ पुस्ते विवरण बुझाउनुपर्ने र स्रोतसमेत खुलाउनुपर्ने राष्ट्र बैंकले बताएको छ । नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि देखाउनु पर्नेछ । बैंकहरुले त्यसको प्रतिलिपि अनिवार्य राख्नुपर्नेछ ।

यो सिस्टम लागू भएसँगै अवैध रकम कसैले जम्मा गर्न नसक्ने र अनावश्यक रुपमा कसैले जम्मा गरेमा सम्पत्ति शुद्धीकरणले सहजै पहिचान गरी कारबाही गर्न सक्ने विश्वास गरिएको छ । यो सिस्टम राखेपछि बैंकिङ कारोबार केही झण्झटिलो भने हुने भएको छ । 
 
सुरुवातमा वाणिज्य बैंकहरुमा मात्र लागू गरिएको यो प्रणाली विस्तारै सबै विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी आर्थिक वर्ष २०७७–०७८ देखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागू गर्ने केन्द्रीय बैंकले बताएको छ । 
 

Post Your Comment