Market Closed

नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो, सडक एकतर्फी मात्र सञ्चालनमा

17 Jan,2020
  • Kalikhola-pahiro_1_17_2020_1_19_05.jpg

 
मुग्लिन : अविरल वर्षासँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको अविरल वर्षाले यस सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चार किलोडाडाँमा शुक्रबार बिहान पहिरो खसेको हो ।
 
पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पहिरो पन्छाउन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन लामाले बताए । 
 
रासस
 

Post Your Comment