Market Closed

बाघमा पनि देखियो कोरोना भाइरस

06 Apr,2020
  • tiger_4_6_2020_10_20_34.jpg
 
 
 
काठमाडौं : अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कोस्थित ब्रोन्क्स चिडियाघरमा ४ वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेसनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो । अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि यो पहिलो घटना हो ।

परीक्षण गरिएको नाडिया मलायन प्रजातिको बाघ हो । उक्त चिडियाघरमा अर्को मलायन बाघसँगै २ अमुर प्रजातिको बाघ तथा ३ अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको छ । चिडियाघरले भाइरस कसरी जनावरमा सर्यो भन्ने अझै पत्ता नलागेको बताएको छ । चिडियाघरका अन्य जनावरमा भने बिरामीको लक्षण देखिएको छैन । लक्षण नदेखिएका संक्रमितको माध्यमबाट यो भाइरस जनावरमा सरेको हुन सक्ने चिडियाघरको भनाई छ ।
 
 
 
 

Post Your Comment