Market Closed

बहराइनमा थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण

09 Apr,2020
  • corona_3_4_9_2020_12_21_50.jpg
नेपाली पैसा
 
काठमाडौं : बहराइनमा कोरोना भाइरसबाट थप १० नेपाली संक्रमित भएका छन् । योसँगै बहराइनमा मात्रै भाइरसबाट संक्रमित नेपालीको संख्या २२ पुगेको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार बुधबार क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
 
हालसम्म बहराइनमा कुल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ३ जनाको अवस्था गम्भीर छ । यसैबीच, बहराइनले अवैधानिक रुपमा विनाकागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न डिसेम्बर २०२० डिसेम्बर ३१ सम्मक समय दिएको पनि दूतावासले जनाएको छ । कोरोनाका कारण घर फिर्ता हुन नसकेका त्यस्ता कामदारले अब राहत पाउनेछन् । 


 
 
 
 
 

Post Your Comment