Market Closed

काठमाडौंबाट शुक्रबार र शनिबार बाहिर जान दिने निर्णय फेरि तत्कालै रद्द

09 Apr,2020
  • nepal_4_9_2020_6_45_02.jpg
नेपाली पैसा
 
काठमाडौं : लक डाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय तत्कालै परिवर्तन गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्री लगायतको छलफलपछि उपत्यकाका मानिसलाई बाहिर पठाउँदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो । 
 
यसअघि बिहीबारै सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउन दिने भनेको थियो । काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै चौतफी विरोध भएको थियो । त्यसपछि फेरि सरकारको बाहिर जान नदिने निर्णय सार्वजनिक भएको हो । गृह मन्त्रालय पनि उपत्यका बाहिर दिने निर्णय नगरिएको बताएको छ ।

 
 
 
 
 
 
 

Post Your Comment