Market Closed

कोरोना भाइरसको यस्तो आयो पछिल्लो अपडेट

11 Apr,2020
  • corona_1a_4_11_2020_10_34_18.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या १ लाख २ हजार ७३४ पुगेको हो । जसमा इटालीमा सबैभन्दा धेरै १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या १ लाख ४७ हजा ५७७ जना रहेका छन् । त्यस्तै, अमेरिका धेरै मृत्यु हुनेमा दोस्रो नम्बरमा छ । अमेरिकामा अहिलेसम्म १८ हजार ७ सय ४७ जनाको भाइरसको कारण मृत्यु भइसकेको छ भने ५ लाख २ हजार ८ सय ७६ जना संक्रमित भेटिएका छन् ।
 
त्यस्तै, स्पेनमा पनि मृत्यु हुनेको संख्या १६ हजार ८१ र संक्रमितको संख्या १ लाख ५८ हजार २७३ पुगेको छ । फ्रान्समा मृतक संख्या १३ हजार १९७ पुगेको छ । त्यहाँ संक्रमित संख्या १ लाख २४ हजार ८६९ रहेको छ । बेलायतमा हालसम्म ८ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ भने संक्रमित संख्या ७३ हजार ७ सय ५८ पुगेको छ ।
 
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ९९ हजार ६३२ पुगेको छ । अहिलेसम्म विश्वभर ३ लाख ७६ हजार ३ सय ३० संक्रमित निको भइसकेका छन् । नेपालमा भने अहिलेसम्म ९ जना संक्रमति फेला परेका छन् । १ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
 

Post Your Comment