Market Closed

कोरोना भाइरसको पछिल्लो अपडेट यस्तो छ

17 Apr,2020
  • corona_6_4_17_2020_10_33_45.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५२१ पुगेको छ । यसैगरी, संक्रमितको संख्या करिब २१ लाख ८२ हजार १९७ पुगेको छ । ५ लाख ४७ हजार बढी उपचारपछि निको भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । 
 
कोरोना भाइरसको संक्रमण अमेरिकामा अझै रोकिने संकेत छैन । अमेरिकामा दिनानुदिन संक्रमण बढ्दो छ । पछिल्लो एक दिनमा मात्रै अमेरिकामा ३० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । यो सँगै अमेरिकामा ६ लाख ७८ हजार पुगेका छन् । त्यस्तै, मृतकको संख्या पनि ३४ हजार ६१७ पुगेको छ ।

हालसम्म जम्मा ५७ हजार ५ सय ८ संक्रमितलाई मात्र निको भएकाले पनि अमेरिकाको स्थिति भयावह छ । यस्तो अवस्थामा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लक डाउन खुकुलो पार्ने पक्षमा देखिएका छन् । पूर्ण रुपले अमेरिकालाई लक डाउन नगरेका कारण कोरोना फैलिन मद्दत पुगेको आरोप उनीमाथि छ । ट्रम्पले केही राज्यहरु यसै महिना खुल्न सक्ने बताएका छन् । 
 
अमेरिकापछि सबैभन्दा धेरै इटलीमा २२ हजार १ सय ७० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । इटलीमा संक्रमितको संख्या १ लाख ६८ हजार ९ सय ४१ रहेको छ । त्यस्तै, स्पेनमा १ लाख ८४ हजार ९ सय ४८ जना संक्रमित हुँदा १९ हजार ३ सय १५ जनाको ज्यान गएको छ । फ्रान्समा १ लाख ६५ हजार २७ जना संक्रमित हुँदा १७ हजार ९ सय २० जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख ३७ हजार ६ सय ९८ जना संक्रमित हुँदा मृतक भने ४ हजार ५२ छन् ।

बेलायतमा १ लाख ३ हजार ९३ जना संक्रमित हुँदा १३ हजार ७ सय २९ जनाको ज्यान गएको छ । कोरानाको उद्गम देश चीनमा ८२ हजार ३६७ जना संक्रमित हुँदा ३ हजार ३ सय ४२ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १६ जना संक्रमति फेला परेका छन् । १ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
 

Post Your Comment