Market Closed

कोरोना भाइरसको संक्रमण, यस्तो छ अपडेट

18 Apr,2020
  • corona_31_4_18_2020_10_33_57.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २६१ पुगेको छ । यसैगरी, संक्रमितको संख्या करिब २२ लाख ५० हजार ७ सय ५२ पुगेको छ । ५ लाख ७१ हजार बढी उपचारपछि निको भएका छन् । कोरोनाबाट सबैभन्दा बढी अमेरिकमा प्रभावित भएको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १० हजार पुगेको छ ।

त्यहाँ मृत्यु हुनेको संख्या ३७ हजार १ सय ५८ पुगेको छ । हालसम्म अमेरिकामा जम्मा ६० हजार ५ सय १० संक्रमित निको छ । अमेरिकापछि सबैभन्दा धेरै इटलीमा २२ हजार ७ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । इटलीमा संक्रमितको संख्या १ लाख ७२ हजार ४ सय ३४ रहेको छ । त्यस्तै, स्पेनमा १ लाख ८९ हजार ८ सय ३९ जना संक्रमित हुँदा २० हजार २ जनाको ज्यान गएको छ । 
 
फ्रान्समा १ लाख ४७ हजार ९ सय ६९ जना संक्रमित हुँदा १८ हजार ६ सय ८१ जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख ४१ हजार ३ सय ९७ जना संक्रमित रहेका छन् भने मृतक संख्या ४ हजार ३ सय ५२ छन् । बेलायतमा १ लाख ८ हजार ६ सय ९२ जना संक्रमित हुँदा १४ हजार ५ सय ७६ जनाको ज्यान गएको छ । 
 
कोरानाको उद्गमस्थल चीनमा ८२ हजार ७ सय १९जना संक्रमित हुँदा ४ हजार ६ सय ३२ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ३० जना संक्रमति फेला परेका छन् । १ जना उपचारपछि निको भएर घर फर्किएका छन् । शुक्रबार मात्रै उदयपुरमा १२ जना र चितवनमा २ जना गरी १४ जना नयाँ संक्रमित थप भएका छन् । 
 

Post Your Comment