Market Closed

उदयपुरमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

19 Apr,2020
  • corona_2_4_19_2020_10_47_05.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपालमा थप १ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप १ जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको हो ।

यसअघि शुक्रबार उदयपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये ३ जना निको भएर घर फर्किएका छन् । शनिबार मात्रै काठमाडौंबाट र बाग्लुङबाट १–१ जना निको भएर घर फिर्ता भएका छन् । 
 
 
 
 
 

Post Your Comment