Market Closed

जनकपुरमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण किन रोकियो ?

26 Apr,2020
  • corona_virus_in_tes_4_26_2020_1_39_21.jpg

 
 
जनकपुर : जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर प्रविधिबाट कोरोना परीक्षण रोकिएको छ । पीसीआर मेसिनले नेगेटिभ देखाएको सर्लाहीका १४ वर्षीय किशोरको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब थप परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि त्यहाँबाट कोरोना परीक्षण नगर्ने निर्णय गरिएको हो । मेसिनले काम नगरेको भन्दै परीक्षण रोकिएको हो । 
 
ती किशोरको गत वैशाख ६ गते सर्लाहीको हरकटवा क्वारेन्टाइन र जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको ¥यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएएको थियो । त्यसपछि फेरि प्रादेशिक अस्पतालमा रहेको पीसीआर (स्वाब टेस्ट) मेसिनमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

त्यसपछि ती बालकलाइ हरकट्वास्थित गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । तर पुनः राष्ट्रिय प्रयोगशाला काठमाडौंको टेकुमा गरिएको स्वाब परीक्षणमा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । चैत २३ गते भारतको नयाँ दिल्लीबाट उनी गाउँ हरकट्वा आएका थिए ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment