Market Closed

कोरोना भाइरसको यस्तो छ पछिल्लो अवस्था

29 Apr,2020
  • corona_1a_4_29_2020_9_43_43.jpg
नेपाली पैसा  
 
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९४ पुगेको छ । यस्तै, पछिल्लो एक दिनमा ७४ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ३१ लाख ३८ हजार ८३७ पुगेको छ । हालसम्म ९ लाख ५५ हजार २४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा पछिल्लो एक दिनमा २५ हजार संक्रमित थपिएका छन् ।  २४ सय भन्दा धेरैको मृत्यु भएको छ । यो सँगै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १० लाख ३५ हजार ७६५ पुगेको छ । यस्तै, मृतक ५९ हजार २६६ पुगेका छन् । अमेरिकामा १ लाख ४२ हजार २३८ जना उपचारपछि डिस्चार्ज भएका छन् । 
 
स्पेनमा २ लाख ३२ हजार १२८ जना संक्रमित हुँदा २३ हजार ८२२ को ज्यान गएको छ । इटालीमा २ लाख १ हजार ५०६ जना संक्रमित हुँदा २७ हजार ३५९ जनाको ज्यान गएको छ । फ्रान्समा १ लाख ६५ हजार ९११ जना संक्रमित हुँदा २३ हजार ६६० जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख ५९ हजार ९१२ जना संक्रमित हुँदा ६ हजार ३१४ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ६१ हजार १४५ जना संक्रमित हुँदा २१ हजार ६७८ जनाको ज्यान गएको छ । 
 
टर्कीमा १ लाख १४ हजार ६५३ संक्रमित हुँदा २ हजार ९९२ को ज्यान गएको छ । इरानमा ९२ हजार ५८४ जना संक्रमित हुँदा ५ हजार ८७७ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो एक दिनमा २२ जना संक्रमित थपिएका छन् । यो सँगै चीनमा हालसम्म ८२ हजार ८५८ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३३ पुगेको छ । 
 
यता, रुसमा ९३ हजार ५५८ संक्रमित हुँदा ८६७ जनाको ज्यान गएको छ । ब्राजिलमा ७३ हजार २३५ जना ंसंक्रमित हुँदा ५ हजार ८३ को मृत्यु भएको छ । क्यानाडामा ५० हजार २६ जना संक्रमित भएका छन् भने २ हजार ८५९ को ज्यान गएको छ । बेल्जियममा ४७ हजार ३३४ जना संक्रमित हुँदा ७ हजार ३३१ को ज्यान गएको छ । 
 
भारतमा संक्रमित ३१ हजार ३२४ र मृतक १ हजार ८ पुगेका छन् । पाकिस्तनमा १४ हजार ६१२ संक्रमित हुँदा ३१२ जनाको ज्यान गएको छ । जापानमा १३ हजार ७३६ जना संक्रमित हुँदा ३९४ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ५४ जना संक्रमति फेला परेका छन् भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
 

Post Your Comment