Market Closed

कोरोना भाइरस महामारी निर्मूल पार्न निकै लामो समय लाग्न सक्छ : डब्ल्यूएचओ

30 Apr,2020
  • WHO_chief_4_30_2020_9_46_08.jpg


 
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस गेब्रेससले कोरोना भाइरस महामारीको अन्त्य गर्न अझै लामो समय लाग्न सक्ने बताएका छन् । अहिल्यै वा केही समयपछि नै कोरोना संसारबाट निर्मूल भइहाल्ने अवस्था नदेखिएको उनले बताएका हुन् । हालै आयोजित एक पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसका कारण विश्वका कतिपय मानिसहरुले न्यूनतम स्वास्थ्य सेवा समेत पाउन नसकेको तर्फ सचेत पनि गराए ।

विशेषगरी गरिब देशका बालबालिकाले समयमै खोप लगाउन नपाइरहेको उनको भनाई छ । डब्लुएचओले केही धनी राष्ट्रहरुमा संक्रमण स्थिर वा कम हुँदै गएको भए पनि अफ्रिका, पूर्वी यूरोप, ल्याटिन अमेरिका र केही एसियाली देशहरूमा संक्रमण जारी रहेको बताएको छ । भाइरसका कारण हुने मृत्यु हुने क्रम अझै बढेको छ ।

संसारभर पोलियो, दादुरा, हैजा, पहेंलो ज्वरो र मेनिन्जाइटिस जस्ता रोगहरू विरुद्ध नियमित खोपमा विलम्ब भइरहेको छ । जसका कारण संसारका १ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएको उनको भनाई छ । 
 
एएफपी 
 

Post Your Comment