नेपाली पैसा
काठमाडौं : आइतबार एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसको पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्सा जिल्लामा ३६ वर्षीय एक पुरुष र नेपालगन्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको आइतबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपालमा अहिलेसम्म आरडीटी विधिबाट ४९ हजार ६८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४१४ वटा परीक्षण भएको छ । देशभरमा गरी ७७ जना आइसोलेसनमा बसेका छन् । यस्तै, क्वारेन्टाइनमा २१ हजार ९५१ जना रहेको स्वाथ्य मन्त्रालयको भनाई छ । १६ जना निको भइसकेका छन् ।
