Market Closed

अमेरिकामा करिब १२ लाख मानिस कोरोना संक्रमित, अरु कहाँ–कहाँ कस्तो छ ?

04 May,2020
  • corona_3ss_5_4_2020_11_37_58.jpg
नेपाली पैसा  
 
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या करिब २ लाख ४८ हजार ३०२ पुगेको छ । यस्तै, पछिल्लो एकै दिनमा ८२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ३५ लाख ६६ हजार ४८७ पुगेको छ । हालसम्म ११ लाख ५४ हजारभन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।  कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा पछिल्लो एक दिनमा २८ हजार संक्रमित र ११ सय भन्दा धेरैको मृत्यु भएको छ ।

यो सँगै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ११ लाख ८८ हजार १२२ पुगेको छ । यस्तै, मृतक ६८ हजार ५९८ पुगेका छन् । अमेरिकामा १ लाख ७८ हजार भन्दा धेरैजना उपचारपछि डिस्चार्ज भएका छन् । स्पेनमा संक्रमितको संख्या २ लाख ४७ हजार १२२ पुगेको छ भने २५ हजार २६४ जनाको मृत्यु भएको छ । यस्तै, इटालीमा संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुग्दा २८ हजार ८८४ जनाको मृत्यु भएको छ । 

फ्रान्समा संक्रमित १ लाख ६८ हजार ६९३ हुँदा २४ हजार ९९५ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ८७ हजार संक्रमित हुँदा २८ हजार ४४६ जनाको मृत्यु भएको छ । त्यस्तै, जर्मनीमा १ लाख ६५ हजार ६६४ जना संक्रमित हुँदा ६ हजार ८६६ जनाको मृत्यु भएको छ । रुसमा १ लाख ३४ हजार ६८७ जना संक्रमित हुँदा १ हजार २८० जनाको मृत्यु भएको छ । 
 
टर्कीमा १ लाख २६ हजार ४५ संक्रमित हुँदा ३ हजार ३९७ को ज्यान गएको छ । इरानमा ९७ हजार ४२४ जना संक्रमित हुँदा ६ हजार २०३ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो एक दिनमा ३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै चीनमा हालसम्म ८२ हजार ८८० जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३३ छ ।

भारतमा संक्रमित ४२ हजार ५३३ र मृतक १ हजार ३९१ पुगेका छन् । पाकिस्तनमा २० हजार १८६ संक्रमित हुँदा ४६२ जनाको ज्यान गएको छ । जापानमा १४ हजार ८७७ जना संक्रमित हुँदा ४८७ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ७५ जना संक्रमति फेला परेका छन् भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
 

Post Your Comment