Market Closed

नेपालगञ्जमा फेरि ७ जना थपिए कोरोना संक्रमित, संख्या ८२ पुग्यो

05 May,2020
  • corona_31_5_5_2020_9_52_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसको पुष्टि गरेको छ । नयाँ ७ जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार संक्रमित हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । 
 
मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ पुगेको छ । 
 
यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नेपालमा हालसम्म १६ जना निको भइसकेका छन् ।


 

Post Your Comment