Market Closed

कोरोनाबाट बेलायतमा थप १ नेपालीको मृत्यु, ३५ पुग्यो

05 May,2020
  • corona_6_5_5_2020_10_56_18.jpg

 
 
लन्डन : बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए ।
 
पर्वत चारभञ्याङमा जन्मिएकाा गुरुङ कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए । पछि बीचैमा जागिर छाडेर नेपाल फर्किएका थिए । उनले पुनः औपचारिक अध्ययन थालेका थिए । विसं २०२७ मा उनले एसएलसी उत्तीर्ण गरेका थिए । स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए । त्यसपछि फेरि बेलायत गएका थिए । 
 
बेलायतमा असल समाजसेवीका रूपमा चिनिएका गुरुङले थुप्रै सामाजिक काम समेत गरेका थिए । उनका श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन् । गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आएका थिए । हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ । 
रासस
 
 

Post Your Comment