Market Closed

कोरोना संक्रमित थप ८ जना निको भएर घर फर्किए

08 May,2020
  • corona_4ssa_5_8_2020_1_59_23.jpg
नेपाली पैसा 
 
काठमाडौ : कोरोना भाइरस संक्रमण देखिएपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना शुक्रबार निको भएर घर फर्किएका छन् । निको हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेका छन् । उनीहरुको लगातार दुईपटक कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
 
डिस्चार्ज भएका सबैलाई गत वैशाख ८ गते कोरोना संक्रमण देखिएको थियो । यसअघि बुधबार मात्रै कोशी अस्पतालबाटै ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० पुगेको छ ।
 

Post Your Comment