Market Closed

नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

08 May,2020
  • corona_ss_5_8_2020_5_07_36.jpg
नेपाली पैसा
 
काठमाडौं : शुक्रबार नेपालगञ्जमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा अब संक्रमितको संख्या १०२ जना पुगेको छ । हालसम्म ३० जना कोरोना संक्रमित भने निको भएर घर फर्किएका छन् । 
 

Post Your Comment