Market Closed

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या १०९ पुग्यो

09 May,2020
  • corona_3ss_5_9_2020_10_19_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तका ३, उदयपुरका ३ तथा पर्साका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा कपिलवस्तुका १७ र १८ वर्षका (२ जना) किशोरमा भाइरस संक्रमण देखिएको छ । यसैगरी, उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिला तथा पर्साको छपकैयाका ६२ वर्षे पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १०९ पुगेको छ । नयाँ संक्रमण पुष्टि भएका ७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । 


 
 
 

Post Your Comment