Market Closed

कोरोना संक्रमित ४० लाख नाघे, १३ लाख ८५ हजार उपचारपछि घर फिर्ता

09 May,2020
  • corona_virus_in_tes_5_9_2020_10_33_19.jpg
नेपाली पैसा  
 
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या २ लाख ७६ हजार २३६ पुगेको छ । पछिल्लो एकै दिनमा ९६ हजार ७३३ जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ४० लाख १४ हजार २६५ पुगेको छ । हालसम्म १३ लाख ८५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।  

अमेरिकामा पछिल्लो एक दिनमा २९ हजार ५३१ जना संक्रमित थपिदा १६ सयभन्दा धेरैको मृत्यु भएको छ । यो सँगै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १३ लाख २२ हजार १५४ पुगेको छ । यस्तै, मृतक ७८ हजार ६१६ पुगेको छ । अमेरिकामा २ लाख २३ हजार ७४९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै मृत्यु भएको बेलायतका हालसम्म ३१ हजार २४१ जनाको मृत्यु भएको छ भने २ लाख ११ हजार ३६४ जना संक्रमित रहेका छन् । स्पेनमा संक्रमितको संख्या २ लाख ६० हजार ११७ पुगेको छ भने २६ हजार २९९ जनाको मृत्यु भएको छ । 

यस्तै, इटालीमा संक्रमितको संख्या २ लाख १७ हजार १८५ पुग्दा ३० हजार २०१ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७६ हजार ७९ हुँदा २६ हजार २३० जनाको मृत्यु भएको छ । त्यस्तै, जर्मनीमा १ लाख ७० हजार ५८८ जना संक्रमित हुँदा ७ हजार ५१० जनाको मृत्यु भएको छ । रुसमा १ लाख ८७ हजार ८५९ जना संक्रमित हुँदा १ हजार ७२३ जनाको मृत्यु भएको छ । 
 
टर्कीमा १ लाख ३५ हजार ५६९ संक्रमित र ३ हजार ६८९ को ज्यान गएको छ । इरानमा १ लाख ४ हजार ६९१ जना संक्रमित हुँदा ६ हजार ५४१ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो एक दिनमा १ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा हालसम्म ८२ हजार ८८७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३३ छ । 
 
भारतमा संक्रमित ५९ हजार ६९५ र मृतक १ हजार ९८५ पुगेको छ । पाकिस्तनमा २७ हजार ४७४ संक्रमित हुँदा ६१८ जनाको ज्यान गएको छ । जापानमा १५ हजार ५७५ जना संक्रमित हुँदा ५९० जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १०९ जना संक्रमति फेला परेका छन् । ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
 
 

Post Your Comment