Market Closed

फेरि थपिए नयाँ १३ जना कोरोना संक्रमित, कुल संख्या १३४ पुग्यो

11 May,2020
  • corona_31_5_11_2020_8_38_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा थप १३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जना रहेका छन् । जसमा कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष रहेका छन् । सोमबार बिहानमात्रै पनि कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

त्यस्तै, रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । बर्दिया राजापुर नगरपालिका–५ का ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ जना पुगेको छ । 


Post Your Comment