काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अपडेटमार्फत शनिबार उपलब्ध गराएको पछिल्लो तथ्यांक उपलब्ध गराएको हो । जस अनुसार काभ्रे र महोत्तरीमा १–१ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित दुवै जना पुरुष हुन् । अहिलेसम्म ३६ जना निको भएर घर फर्किएका छन् ।
