Market Closed

कोरोना संक्रमित ४७ लाख कटे, ३ लाखभन्दा बढीको ज्यान गयो

17 May,2020
  • corona_1a_5_17_2020_12_29_00.jpg
नेपाली पैसा  
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४७ लाख २१ हजार ८४६ पुगेको छ । यस्तै, मृतकको संख्या पनि ३ लाख १३ हजार २६० पुगेको छ । हालसम्म १८ लाख १२ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा भाइरसबाट ९० हजार भन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १५ लाख ७ हजार ७७३ पुगेको छ । अमेरिकामा ३ लाख ३९ हजार २३२ जना उपचारपछि निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा धेरै मृत्यु बेलायतमा भएको छ । त्यहाँ ३४ हजार ४६६ जनाको मृत्यु भएको छ भने २ लाख ४० हजार १६१ जना संक्रमित रहेका छन् । स्पेनमा संक्रमितको संख्या २ लाख ७६ हजार ५०५ पुगेको छ भने २७ हजार ४६३ जनाको मृत्यु भएको छ । यस्तै, इटालीमा संक्रमित संख्या २ लाख २४ हजार ७६० पुग्दा ३१ हजार ७६३ जनाको मृत्यु भएको छ । 

फ्रान्समा संक्रमित १ लाख ७९ हजार ३६५ हुँदा २७ हजार ६२५ जनाको मृत्यु भएको छ । ब्राजिलमा २ लाख ३३ हजार ५११ जना संक्रमित हुँदा १५ हजार ६६२ जनाको मृत्यु भएको छ । त्यस्तै, जर्मनीमा १ लाख ७६ हजार २४४ जना संक्रमित हुँदा ८ हजार २७ जनाको मृत्यु भएको छ । रुसमा २ लाख ७२ हजार ४३ जना संक्रमित हुँदा २ हजार ५३७ जनाको मृत्यु भएको छ । 
 
टर्कीमा १ लाख ४८ हजार ६७ संक्रमित हुँदा ४ हजार ९६ को ज्यान गएको छ । इरानमा १ लाख १८ हजार ३९२ जना संक्रमित र ६ हजार ९३७ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो १ दिनमा ६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै चीनमा ८२ हजार ९४७ जना संक्रमित हुँदा मृतक संख्या ४ हजार ६३३ जना रहेको छ । 
 
भारतमा संक्रमित ९० हजार ९२७ र मृतक २ हजार ८७२ पुगेका छन् । पाकिस्तनमा ४० हजार १५१ संक्रमित हुँदा ८७३ जनाको ज्यान गएको छ । जापानमा १६ हजार २३७ जना संक्रमित हुँदा ७२५ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ९१ जना संक्रमति फेला परेका छन् । नेपालमा हालसम्म भने ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १ जनाको भने ज्यान गएको छ । 

Post Your Comment