Market Closed

कोरोना संक्रमणबाट १९ लाख निको भए, यस्तो छ अरु अपडेट

19 May,2020
  • corona_31_4_30_2020_9_55_30_5_19_2020_10_04_04.jpg
नेपाली पैसा  

काठमाडौं  : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख ९३ हजार २६० पुगेको छ । यस्तै, मृतकको संख्या पनि ३ लाख २० हजार १७३ पुगेको छ । हालसम्म १९ लाख ७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्कीएका छन् । हालसम्म कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । 
 
अमेरिकामा कोरोना भाइरसबाट ९१ हजार ९८१ को मृत्यु भएको छ । त्यसैगरी अमेरिकामा संक्रमितको संख्या १५ लाख ५० हजार २९४ पुगेको छ । अमेरिकामा ३ लाख ३६ हजार ३८३ जना उपचारपछि डिस्चार्ज भएका छन् । 

यता, अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै मृत्यु भएको बेलायतका हालसम्म ३४ हजार ७९६ जनाको मृत्यु भएको छ भने २ लाख ४६ हजार ४०६ जना संक्रमित रहेका छन् । स्पेनमा संक्रमितको संख्या २ लाख ७८ हजार १८८ पुगेको छ भने २७ हजार ७०९ जनाको मृत्यु भएको छ । 
 
यस्तै, इटालीमा संक्रमितको संख्या २ लाख २५ हजार ८८६ पुग्दा ३२ हजार ७ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७९ हजार ९२७ हुँदा २८ हजार २३९ जनाको मृत्यु भएको छ । ब्राजिलमा २ लाख ५५ हजार ३६८ जना संक्रमित हुँदा १८ हजार ८५३ जनाको मृत्यु भएको छ । 
 
त्यस्तै, जर्मनीमा १ लाख ७७ हजार २८९ जना संक्रमित हुँदा ८ हजार १२३ जनाको मृत्यु भएको छ । रुसमा २ लाख ९० हजार ६७८ जना संक्रमित हुँदा २ हजार ७२२ जनाको मृत्यु भएको छ । 
 
टर्कीमा १ लाख ५० हजार ५९३ संक्रमित हुँदा ४ हजार १७१ को ज्यान गएको छ । इरानमा १ लाख २२ हजार ४९२ जना संक्रमित हुँदा ७ हजार ५७ जनाको ज्यान गएको छ । भारतमा संक्रमित १ लाख ३२८ र मृतक ३ हजार १५६ पुगेका छन् । चीनमा पछिल्लो एक दिनमा ६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै चिनमा हालसम्म ८२ हजार ९६० जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३३ छ ।

पाकिस्तनमा ४३ हजार ९६६ संक्रमित हुँदा ९३९ जनाको ज्यान गएको छ । बंगलादेशमा २३ हजार ८७० संक्रमित हुँँदा ३४९ जनाको ज्यान गएको छ । जापानमा १६ हजार ३०५ जना संक्रमित हुँदा ७४९ जनाको ज्यान गएको छ । 
 
नेपालमा भने अहिलेसम्म ३७५ जना संक्रमति फेला पर्दा ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २ जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment